अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२९ | Colorodo: 07:44

पत्रकार रवि लामिछानेबिरुद्ध शालिकराम पत्नीको किटानी जाहेरी

बिआरटीनेपाल २०७६ भदौ १ गते ९:२२ मा प्रकाशित

पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै उहाँकी श्रीमती सम्झना घिमिरे पुडासैनीले पत्रकार रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीविरुद्ध प्रहरीमा किटानी जाहेरी दिनुभएको छ ।

पुडासैनी हत्याको तेह्रौँ दिन आइतबार पुडासैनीकी श्रीमती सम्झनाले काठमाडौँ प्रहरी परिसरमा उनीहरुबिरुद्ध किटानी जाहेरी दिनुभएको हो । काठमाडौँ प्रहरीले यसको पुष्टि गरेको छ।

पुडासैनीले गत साउन २० गते चितवनको एक होटलमा आत्महत्या गरेको भनिएको थियो। ‘आत्महत्या’अघि खिचेको भिडियोमा आफ्नो मृत्युको कारण न्युज २४ का कार्यक्रम प्रस्तोता रवि लामिछाने, अर्का टिम मेम्बर युवराज कँडेल र आफ्नी पूर्वप्रेमिका अस्मिता कार्की रहेको पुडासैनीले उल्लेख गर्नुभएको थियो । सोही आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू