अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२४ | Colorodo: 05:39

इङ्गलिस प्रिमियर लिग- म्यान्चेस्टर सिटी र टोटनह्याम हट्सपरले बराबरी खेले

बिआरटीनेपाल २०७६ भदौ १ गते ९:१७ मा प्रकाशित

इङ्गलिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी र टोटनह्याम हट्सपरले २–२ गोलको बराबरी खेलेका छन् । गएराति सिटीको मैदानमा भएको खेलमा घरेलु टोलीका राहिम स्टर्लिङ र सर्जियो अगुएरोले एक एक गोल गरे । पाहुना टोली टोटनह्यामका एरिक लामेला र लुकास मौराले दुई गोल फर्काए । सिटीका ग्याब्रिएल जिससले इन्जुरी समयमा गरेको गोललाई भिडियो असिस्टेन्ट रेफ्रीले अफसाईड प्रमाणित गरेपछि खेल २–२ गोलको बराबरीमै सकिएको हो ।

प्रिमियर लिग फुटबलका अन्य खेलहरुमा आर्सनलले बर्न्लेलाई २–१ ले हराउँदा लिभरपुलले साउथह्यानम्पटनमाथि २–१ कै जित निकाल्यो । यसैगरी एभर्टनले वाट्फोर्डलाई १–० ले पराजित गर्दा नरिच सिटीले न्युकासल युनाईटेडमाथि ३–१ को जित निकाल्यो ।

यस्तै गएराति बर्नमाउथले एस्टन भिल्लालाई २–१ ले हराउँदा वेष्ट ह्याम युनाईटेड र ब्राइटनले १–१ गोलको बराबरी खेले । प्रिमियर लिग फुटबलमा आज राति दुई खेल हुनेछन् । आज चेल्सी र लेष्टर सिटी भिड्दा सेफिल्ड युनाईटेडले क्रिष्टल प्यालेससँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू