अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३२ | Colorodo: 10:47

अफगानिस्तानको विवाह समारोहमा बम विष्फोट – कम्तीमा ६३ जना मारिए

बिआरटीनेपाल २०७६ भदौ १ गते ९:१६ मा प्रकाशित

अफगानिस्तानको राजधानी काबुलमा एउटा विवाह समारोहमा आत्मघाती बम बिस्फोट गराइँदा कम्तिमा ६३ जना मारिएका छन् । शिया मुस्लिमहरुको बाहुल्य रहेको उक्त क्षेत्रमा गराइएको विष्फोटमा परी १ सय ८० जना घाइते भएका छन् । पछिल्लो घटनाले अफ्गानिस्तानमा जारी शान्ति वार्ताको भविष्यमाथि नैं प्रश्न खडा गरेको छ ।

१० दिनअघि एक प्रहरी चौकीमा भएको आक्रमणमा १४ जना मारिएका थिए भने एक सय ५० भन्दा बढी घाइते भएका थिए । उक्त हमलाको जिम्मा तालिवानी लडाकू समूहले लिएको थियो । अफगानिस्तानमा अमेरिका र तालीवानी बिद्रोहीबीच युद्धबिरामका लागि वार्ता चलिरहेकै बेला आतंकबादी हमलाका श्रृंखला रोकिएका छैनन् । पछिल्लो समय तालिवान र इस्लामिक लडाकू समूहसहित सुन्नी मुसलमानहरुले इराकका अल्पसंख्यक मुसलमानहरुमाथि श्रृंखलावद्ध रुपमा हमला गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू