अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४३ | Colorodo: 17:58

यस वर्षको मदन पुरस्कार रणहार उपन्यासलाई, जगदम्बाश्री पुरस्कार बैरागी काईलालाई

बिआरटीनेपाल २०७६ भदौ १ गते ९:१३ मा प्रकाशित

यस वर्षको मदन पुरस्कार रणहार उपन्यासका लागि योगेश राजलाई दिईने भएको छ । मदन पुरस्कार गुठीको आइतबार बसेको साधारणसभाले रणहारलाई मदन पुरस्कार दिने निर्णय गरेको हो ।

त्यस्तै यस वर्षको जगदम्बाश्री पुरस्कार साहित्यकार बैरागी काइँलालाई दिने निर्णय पनि गरेको मदन पुरस्कार गुठीले जनाएको छ । दुबै पुरस्कारको राशी ४-४ लाख रुपैयाँ रहेको छ ।

यसअघि २ लाख रूपैयाँ रहेको पुरस्कार राशी गुठीले यसै वर्षदेखि बढाएको हो । पुरस्कार असोज १२ गते वितरण गरिनेछ । गुठीले यसअघि मदन पुरस्कारका लागि उत्कृष्ट ७ पुस्तकको नाम सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू