अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२६ | Colorodo: 07:41

सप्तरीमा जीप दुर्घटनाः रेडियो नेपालका संवाददाताको अधिकारीको मृत्यु

बिआरटीनेपाल २०७६ साउन ३२ गते ९:४६ मा प्रकाशित

सप्तरीमा शनिबार भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट लगानी सम्मेलनका सहभागी बोकेर विराटनगर जाँदै गरेको वा १६ च २२३५ नम्बरको बोलेरो जिप अनियन्त्रित भई पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनपुर नगरपालिका –११ बक्साह चौकमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा बोलेरोमा सवार रेडियो नेपालका रुपन्देही पत्रकार डायलसन अधिकारीको घटनास्थलमै मृत्यु भएको सप्तरीका एसपी मनोज यादवले जानकारी दिनुभयो । अनियन्त्रित भएको जिपले पार्किङ गरी राखिएको स्कुटरमा ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा रुपन्देही व्यापार संघका अध्यक्ष जेपि कँडेल, वडाध्यक्षहरु सोहन चौधरी, तारानाथ पाण्डेय र चालक अशोक भण्डारी घाइते भएका छन् । चालक भण्डारीको अवस्था गम्भीर रहेको एसपी यादवले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू