अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३३ | Colorodo: 04:48

युक्रेनमा आगलागी, कम्तीमा ८ को मृत्यु

बिआरटीनेपाल २०७६ साउन ३२ गते ९:४३ मा प्रकाशित

युक्रेनको बन्दरगाह शहर ओडेशामा शनिबार बिहानै भएको आगलागीमा आठ व्यक्तिको मृत्यु हुनुका साथै १० जना घाइते भएका छन्। युक्रेनको दक्षिणी शहरमा रहेको प्रसिद्ध होटेल टोक्यामा स्थानीय समयनुसार शनिबार बिहान १ः३५ मा आगलागी सुरु भएको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

आगलागीपछि उक्त क्षेत्रबाट १ सय ५० जनालाई अन्यत्र सारिएको छ। ठूलो संख्याका अग्नि नियन्त्रक र दमकलहरुको निरन्तर तीन घण्टाको प्रयासपछि आगलागी नियन्त्रणमा आएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू