अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२८ | Colorodo: 09:43

कर्मचारीले जिम्मेवारी पूरा नगरे गम्भीर परिणाम भोग्नुपर्छ – सामान्य प्रशासनमन्त्री पण्डित

बिआरटीनेपाल २०७६ साउन ३२ गते ९:४२ मा प्रकाशित

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले राष्ट्रसेवक कर्मचारीले तोकिएको जिम्मेवारी पूरा नगरे त्यसको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिनुभएको छ । जिल्ला वडा संघ बागलुङको प्रथम अधिवेशनलाई शनिबार सम्बोधन गर्दै उहाँले कर्मचारीले आफ्नो जिम्मेवारी पूरा गर्न आलटाल गर्न नहुने स्पस्ट पार्नुभयो । कर्मचारी अपुग रहेका स्थानीय तहमा पदपूर्तिको प्रक्रिया चलिरहेको बताउँदै मन्त्री पण्डितले बाँकी ‘कोटा’का लागि लोकसेवा आयोगले पुनः विज्ञापन गर्ने बताउनुभएको छ ।

मन्त्री पण्डितले गत वर्ष व्यवस्थापनको काममा बढी समय खर्चिनुपरेको भन्दै अब सेवा प्रवाह र विकास निर्माणलाई तीव्रगतिमा अगाडि बढाइने दाबी गर्नुभयो । अहिलेसम्म विकासका गतिविधिमा उठेका प्रश्नहरु अब समाधान हुने उहाँको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू