अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०६ | Colorodo: 21:21

हलिउड अभिनेता पिटर फोन्डाको निधन

बिआरटीनेपाल २०७६ साउन ३२ गते ९:३२ मा प्रकाशित

अभिनेता पिटर फोन्डाको निधन भएको छ । बहुचर्चित चलचित्र इजी राइडरका अभिनेता फोन्डाको ७९ वर्षको उमेरमा निधन भएको हो । सन् १९६९ मा आएको चलचित्र इजी राइडरको कथा लेखक मध्ये उनी पनि एक हुन् र चलचित्रका निर्माता पनि हुन् । फोक्सोको क्यान्सरका कारण उनको स्वास प्रस्वासमा समस्या भएको र सोही कारण निधन भएको उनको परिवारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उनको लस एन्जलसमा रहेको घरमै निधन भएको हो । उनी हलिउडको भेटरान परिवारका सदस्य हुन् । उनी ज्यान फोन्डाका भाइ हुन् । यस्तै उनका पिता हेनरी फोन्डा अभिनेता हुन् । पिटरले इजी राइडरबाट वेस्ट ओरिजिनल स्क्रिन–प्लेका लागि ओस्कार अवार्डका लागि मनोनित भएको थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू