अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०५ | Colorodo: 09:20

यस वर्षको गौरा पर्व श्रीकृष्ण जन्माष्टमीकै दिन मनाईने

बिआरटीनेपाल २०७६ साउन ३२ गते ९:३१ मा प्रकाशित

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको गौरा पर्व श्रीकृष्ण जन्माष्टमीकै दिन मनाउनुपर्ने जनाएको छ । भाद्र शुक्लअष्टमी अघि अगस्ति तारा उदय नभएको वर्ष शुक्लअष्टमीका दिन गौरा पर्व मनाइन्छ ।

यस वर्ष भाद्र शुक्ल अष्टमीको अघिल्लो दिन अगस्ति तारा उदय हुने भएकाले भाद्र कृष्णअष्टमीकै दिन पर्व मनाउने निर्णय गरिएको समितिले जनाएको छ । समितिले स्वीकृत गरेको पञ्चाङ्गमा भाद्र कृष्णअष्टमी अर्थात् भदौ ६ गते नै गौरा पर्व मनाउनुपर्ने उल्लेख गरिएको छ ।

समितिको स्वीकृति बेगर आफुखुशी निस्कने पात्रोले चाडपर्वका विषयमा आम मानिसलाई द्विविधा बनाउने गरेको छ । सामान्य मानिसलाई समितिले स्वीकृत गरेरनगरेको थाहा नहुने भएकाले पनि समस्या भएको थियो । सरकारले चाडपर्वको निर्णय गरी पात्रोलाई स्वीकृति दिन समितिको गठन गरे पनि यससम्बन्धी कार्यबिधी र निर्देशिकालगायत आधार नबनाएकाले काममा समस्या हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू