अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२१ | Colorodo: 04:36

अफगानिस्तानमा सुरक्षाबलले गरेको एक महिने कारवाहीमा ६० तालिवानी मारिए

बिआरटीनेपाल २०७६ साउन ३२ गते ९:२९ मा प्रकाशित

अफगानिस्तानको गोर प्रान्तमा अफगान सुरक्षाबलले करिब एक महिनासम्म गरेको सुरक्षा कारबाहीको क्रममा ६० जना तालिबान लडाकू मारिएका छन् । कारबाहीको क्रममा सुरक्षा बलले एक सय भन्दा बढी गाउँ पुनः कब्जामा लिएको प्रान्तीय प्रहरीले जनाएको छ ।

गोर प्रान्तको प्रान्तीय राजधानी फिरोज कोहमा करिब एक महिना भएको सुरक्षा कारबाहीमा परी कम्तीमा ६० सशस्त्र तालिबान लडाकू मारिनुको साथै एक सय भन्दा बढी घाइते भएका थिए । सुरक्षा कारबाहीको क्रममा एक सय आठ वटा गाउँ तथा क्षेत्र पुनः सरकारको कब्जामा आएको निजामीले पुष्टि गरेको अन्र्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

कारबाहीका क्रममा सुरक्षाबलतर्फको क्षतिको भने कुनै समाचार प्राप्त नभएको जनाइएको छ । तालिबानका प्रवक्ता जाबिउल्लाह मुजाहिदले गोर प्रान्तमा सुरक्षाबलले झडप भएको पुष्टि गरेका छन् । तर, प्रान्तीय प्रहरी प्रमुखको दाबीलाई भने उनले अस्वीकार गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू