अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५८ | Colorodo: 23:13

मलेसियासंगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा

बिआरटीनेपाल २०७६ साउन ३१ गते ७:४५ मा प्रकाशित

मलेसियन सुपर लिग च्याम्पियन जोहार डारुल टाजिम एफसीसँग हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ । शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले मलेसियाको लिग च्याम्पियन क्लब सँगको मैत्रीपूर्ण फुटबलका लागि २३ सदस्सीय टोलीको घोषणा गरेको हो ।

नेपालले डारुल टाजिम एफसीसँग भदौ नौं गते मैत्रीपूर्ण खेल खेल्दैछ । खेल डारुल टाजिमको मैदानमा हुनेछ । नेपाली टोलीका कप्तान बिराज महर्जन, किरण चेम्जोङ र रोहित चन्दले टिममा स्थान बनाएका छैनन् ।

नेपाली टोलीको गोलकिपरमा विकेश कुथु, एलन न्यौपाने र विशाल श्रेष्ठ रहेका छन् भने डिफेन्डरमा सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देबेन्द्र सुबेदी, रजिन धिमाल र सुमन अर्याललाई छनौट गरिएको छ । यसैगरी, मिडफिल्डरमा सुनिल वल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ र विशाल राई रहेका छन् । टोलीको स्ट्राइकरमा विमल घर्तिमगर, विमल राना, अभिषेक रिजाल र नवयुग श्रेष्ठ रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू