अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३४ | Colorodo: 03:49

बालुवाटारमा नेकपा सचिवालय बैठक शुरु

बिआरटीनेपाल २०७६ साउन ३१ गते २:४० मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेरअघि सुरु बैठकमा नेकपाका दुवै अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु झलनाथ खनाल, बामदेव गौतम , ईश्वर पोख्रेल, माधव कुमार नेपाल , विष्णु पौडेल, राम बहादुर थापा र नारायणकाजी श्रेष्ठ सहभागी हुनुहुन्छ ।

विहीबारका लागि बोलाइएको बैठक प्रधानमन्त्री अस्वस्थ भएपछि शुक्रबार अपरान्ह ३ बजेका लागि बोलाइएको हो । शुक्रबार ३ बजेका लागि बोलाईएको बैठक बिहान ११ बजेका लागि सारिएको हो ।

बैठकमा कार्यविभाजनका बाँकी काम टुंगो लगाउने तथा स्कूल विभागको जिम्मेवारी तोक्ने छलफल हुने बताइएको छ । स्कूल विभागको जिम्मेवारी लिनका लागि रक्षा मन्त्री ईश्वर पोख्रेल, नारायणकाजी र घनश्याम भुसालले दाबी गर्दै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू