अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४८ | Colorodo: 14:03

अमेरिकामा ९ भाषाको कृति “वसन्त” को लोकार्पण हुँदै

बिआरटीनेपाल २०७६ साउन ३० गते १२:१९ मा प्रकाशित

अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका र इन्टरनेशनल मिडिया एण्ड इन्टरटेन्मेन्ट हाउस, अमेरिकाको संयुक्त आयोजनामा आगामी सेप्टेम्बर १५ तारिख आइतबार अमेरिकाको वासिङ्टन डिसीमा अग्रज कवि,साहित्यकार एवम् गीतकार वसन्त चौधरीको विभिन्न नौँ भाषामा प्रकाशित कविता कृति “वसन्त” को अमेरिका लोकार्पण कार्यक्रम र चौधरी स्वयम् उपस्थित भई कविता वाचन गर्नुहुने “विश्व काव्य यात्रा, वाशिङ्गटन डिसी श्रृंखला” आयोजना गरिएको छ । 

कार्यक्रममा चौधरी स्वयम् पनि सहभागी हुनुहुने छ र वहाँले करिब एक घण्टा वहाँका चर्चित कविताहरू वाचन पनि गर्नुहुने छ ।

वहाँलाई अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका र इन्टरनेशनल मिडिया एण्ड इन्टरटेन्मेन्ट हाउस, अमेरिकाका तर्फ बाट नेपाली भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा वहाँले पुर्‍याउनुभएको विशेष योगदानको उच्च कदर गर्दै अभिनन्दन समेत गर्न लागिएको आयोजक दुवै संस्थाका अध्यक्ष रामप्रसाद खनालले बताउनुभयो । स्मरण रहोस् अमेरिकामा आउने नेपालका कवि, कलाकार, साहित्यकार, लेखक, समाजसेवीहरूलाई अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका र इन्टरनेशनल मिडिया एण्ड इन्टरटेन्मेन्ट हाउस, अमेरिकाले यस अघि पनि यसरी नै सम्झिँदै आइरहेकाछन ।

आयोजक दुवै संस्थाका अध्यक्ष रामप्रसाद खनालका अनुसार कार्यक्रम वाशिङ्गटन डिसी नजिकै भर्जिनियाको मनासस सहरको बेस्ट वेस्टर्न ब्याटल फिल्ड इन होटेलमा सेप्टेम्बर १५ तारिख बेलुकी ५ बजे तय गरिएको छ । जसमा वाशिङ्गटन डिसी वरपर रहेका प्रबुध्द नेपाली समुदायको सहभागिता रहनेछ । वहाँका अनुसार कार्यक्रमको नाम “वसन्त लोकार्पण तथा विश्व काव्य यात्रा, भर्जिनिया श्रृंखला” राखिएको छ ।

नेपाली भाषा, साहित्य, कला र संस्कृतिका योध्दा अग्रज कवि,साहित्यकार एवम् गीतकार वसन्त चौधरीको विभिन्न नौँ भाषामा प्रकाशित कविता कृति “वसन्त” को अमेरिका लोकार्पण कार्यक्रम र चौधरी स्वयम् उपस्थित भई कविता वाचन गर्नुहुने “विश्व काव्य यात्रा, वाशिङ्गटन डिसी श्रृंखला” कार्यक्रम प्रवासमा एउटा कोशे ढुङ्गा साबित हुने कुरामा आफू विश्वस्त रहेको अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका कोषाध्यक्ष एवम् सँस्कृतीबिद भूपनारायण घर्तिमगर बताउनुहुन्छ ।

आयोजक अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका र इन्टरनेशनल मिडिया एण्ड इन्टरटेन्मेन्ट हाउस, अमेरिकाले वाशिङ्गटन डिसी र वरपर रहनुभएका नेपाली समुदायलाई कार्यक्रममा निमन्त्रणा गर्दै उक्त दिनका लागि क्यालेन्डर मार्क गर्न र सो दिन जुध्ने गरी कुनै कार्यक्रम नराखिदिनुहुन पनि सम्बन्धित सबैमा विनम्र अनुरोध गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू