अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३१ | Colorodo: 17:46

ऊर्जा क्षेत्रमा बाढीले पुर्याएको संरचना पुनर्निर्माण गर्न दुई अर्ब आवश्यक

बिआरटीनेपाल २०७६ साउन ३० गते ९:४८ मा प्रकाशित

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले गत असारको बाढीका कारण मुलुकका विभिन्न स्थानमा क्षतिग्रस्त भएका सम्बन्धित संरचनाको पुनः निर्माणको लागि दुई अर्ब ११ करोड लागत लाग्ने अनुमान गरेको छ । ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले दीर्घकालीन कार्यको लागि दुई अर्ब ११ करोड लागत लाग्ने जनाएको हो ।

मन्त्री वर्षमान पुनले तत्कालको लागि भने अर्थमन्त्रालयसँग ३८ करोड २६ लाख ५२ हजार रुपैया उपलब्ध गराउन माग गरिएको जानकारी गराउनुभयो । मन्त्री पुनले बिहिबार मन्त्रालयमा पत्रकार सम्मेलन गरि क्षतिग्रस्त संरचना मर्मतका लागि आवश्यक बजेट व्यवस्थापन गर्न अर्थ मन्त्रालयलाई पत्राचार गरिएको जानकारी दिनुभएको छ ।

उहाँले क्षतिग्रस्त संरचनाको मर्मत तथा नया निर्माणका लागि सिंचाई विभागले तयार पारेको तात्कालिन र दीर्घकालिन कार्ययोजना अनुसार तात्कालिन मर्मत र निर्माणका लागि ३८ करोड २२ लाख र गत बर्ष ५ अर्ब बजेट निकासा भएकोमा यस बर्ष साढे २ अर्ब मात्रै भएको जानारी गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू