अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२१ | Colorodo: 03:36

भूकम्पका दृष्टिले नेपाल टाइम बममाथि

बिआरटीनेपाल २०७६ साउन ३० गते ९:४७ मा प्रकाशित

विज्ञहरुले भूकम्पको दृष्टिले मुलुक टाइम बममाथि रहेको भन्दै समयमै आवश्यक पूर्वतयारी गर्न सरकारलाई सुझाएका छन् । बिहीबार राजधानीमा आयोजित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धि कार्यशालामा विज्ञहरुले यस्तो सुझाव दिएका हुन् ।

भूकम्पको जोखिमका दृष्टिले नेपाल विश्वमा ११औं स्थानमा रहेको जानकारी हुँदाहुँदै विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनको पूर्वतयारीलाई वेवास्ता गरिएको भन्दै विज्ञहरुले तत्काल पूर्वतयारी थाल्न सरकारलाई सचेत गराएका हुन् । विपद् व्यवस्थापक विज्ञ डाक्टर गंगालाल तुलाधरले भूँइचालोको दृष्टिकोणबाट नेपाल टाइम बममाथि रहेको भन्दै कुनै पनि बेला आइपर्न सक्ने विपद्को पूर्वतयारी शुरु गर्न ढिलाई गर्न नहुने बताउनुभयो ।

नेपालको भौगर्भिक बनोटका साथै कोरिडोर सडकका नाममा नदीनाला मिचेर बनाइएका संरचना, इन्जिनियरिङ अध्ययन विनाको सडक निर्माण, अव्यस्थित र असुरक्षित बस्ती र शहर विस्तार लगायतले बाढीपहिरो जस्ता विपद निम्तने गरेको भन्दै तुलाधरले सुरक्षित बसोबासको प्रवन्ध मिलाउने तर्फ सरकार र सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

विपदपछि खोज र उद्धारलाई भन्दा राहत वितरणलाई प्राथमिकता दिने गरिएको र तात्कालिक आवश्यकताका सूची अनुसार राहत वितरण हुन नसकेको गुनासो तुलाधरले गर्नुभएको छ । सरोकारवाला तथा सम्बन्धित निकायबीच समन्वय हुन नसक्दा तत्कालको राहत चाउचाउ र चिउरामा सिमित हुने गरेको टिप्पणी तुलाधरको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू