अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१९ | Colorodo: 11:34

वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन

बिआरटीनेपाल २०७६ साउन ३० गते ३:३७ मा प्रकाशित

वरिष्ठ साहित्यकार तथा पुराना पत्रकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा आज निधन भएको छ। निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका दीक्षितलाई बुधबार निवास कालिकास्थान लगिएको थियो। निवासमा शौचालय जाँदा आज बेहोस भएका उहाँलाई कमलपोखरीस्थित हिमाल अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए।

दीक्षितलाई मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी समस्या थियो। दीक्षितका ‘माधवी’, ‘ऋग्वेद स् केही प्रमुख सूक्त’, ‘ग्यास च्याम्बरको मृत्यु’लगायत ४६ कृति प्रकाशित छन् । उहाँले मदन पुरस्कार, साझा पुरस्कार, पद्मश्री पुरस्कारलगायत विभिन्न पुरस्कार र सम्मान पाउनुभएको थियो । नेपाली पत्रकारिता क्षेत्रमा पनि दीक्षितको विशिष्ट योगदान छ । उहाँले चालिस बर्ष भन्दा लामो समय पत्रकारितामा बिताउनुभएको थियो ।

समिक्षा साप्ताहिकको सम्पादक रहेका उहाँ माड्साव उपनाम जोडेर चिनिनुुहन्थ्यो । व्यबशायिक जीवनको शुरुवातमा शिक्षण पेशा अँगालेकाले दीक्षितलाई माड्साव भन्ने गरिएको हो । दीक्षित तत्कालिन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको उपकुलपति समेत हुनुहुन्थ्यो । उहाँको जन्म १९७९ फागुन ६ गते काठमाडौँको गैरीधारामा भएको थियो। उहाँका श्रीमती, तीन छोरा र एक छोरी छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू