अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२८ | Colorodo: 15:43

के हो क्वाँटी ? यस्ता छन् क्वाँटी खाँदाका फाईदा

बिआरटीनेपाल २०७६ साउन ३० गते ३:३१ मा प्रकाशित

बिभिन्न नौ प्रकारका गेडागुडीबाट साना जरा (टुसा उम्रेर) निस्केर टुसाउने प्रकृयालाई क्वाँटी भनिन्छ। क्वाँटी नेवारी शब्द हो । जसको अर्थ क्वाँ भनेको तातो र टी भनेको तरल पद्धार्थ हुन्छ । क्वाँटी विशेष गरी जनै पूर्णिमाका दिन खाने चलन छ । जनै पूर्णिमाका दिन क्वाँटी खानाले वर्षभरिको चिसोबाट बच्न सकिने कतिपयको बुझाई समेत छ ।

यति मात्र नभई जनै पूर्णिमा भन्ने बित्तिकै वर्षा समयको अन्तिम समय भन्ने बुझिन्छ। वर्षा समयमा विशेषगरी बालक र वृद्धालाई हुने चिसोपनाबाट शरीरलाई न्यानोपना प्रप्ता होस् भन्नका लागि यस दिनमा क्वाँटी खाने चलन चलिआएको हो ।

क्वाँटी बनाउनका लागि सानो केराउ, बोडी, ठूलो केराउ, भट्मास, चना, सिमी, बकुल्ला, मासगरी नौ वटा गेडागुडीको मिसावट गरी तयार पर्ने गरिन्छ । क्वाँटी मात्र खाने होइन यस दिन मानिसहरु पूर्व फर्केका नौ वटा धारामा नुहाउने, नौ थरीको लुगा लगाउने समेत गरेको पाइन्छ ।

बिगतको समयमा चिसोमा रोपाई व्यक्तिहरलाई धेरै तागत चाहिने भएका कारण यीनै प्रोटिन भएका गेडागुडी खाएर शक्ति उत्पादन गर्ने चलन थियो । रोपाइँको समयमा मानिसहरु धेरै रुझ्ने हुनाले रुघा खोकी लाग्ने, ज्वरो आउने, निमोनिया जस्ता विभिन्न रोगले विशेषगरी बालबालिका र वृद्धलाई बढी छुने गरेका कारण यस्ता रोगहरुबाट बच्नका लागि क्वाँटी खाने चलन सुरु भएको हो।’

क्वाँटीलाई औषधिको रुपमा प्रयोग गर्ने चलन समेत रहिआएको छ । अकालमा कसैको पनि मृत्यु नहोस् भन्ने हेतुले नेवार समुदायमा क्वाँटीलाई औषधिको रुपमा प्रयोग गरिएको हो। अर्को कुरा क्वाँटीमा ज्वानो फुराउने चलन पनि छ। जसले गर्दा लामखुट्टेले टोक्न सक्दैन भन्ने धारण मानिसहरुमा छ जुन कुरा क्वाँटीसँगै जोडिएको छ ।’

चिकित्सकहरुका अनुसर पनि क्वाँटी अत्यन्तै पोषिलो खाने कुरा हो। यसलाई घरमा बनाएर जुनसुकै समयमा पनि खान सकिन्छ। कुनै पनि समयमा मानिसलाई कमजोर महसुस भएको खण्डमा क्वाँटी खानु उपयुक्त हुने उनीहरुले दाबी गरेका छन्। क्वाँटीलाई पौष्टिक तत्व र संस्कृति दुवैसँग जोडिएको पोषिलो खाने कुरा हो।

क्वाँटी खाँदा हुने केही फाइदाहरु यस्ता रहेका छन्।

–कब्जियत हटाउँनुका साथै पाचनशक्तिमा सुधार गर्ने
–उच्च रक्तचाप नियन्त्रण गर्न सहयोग
–कोलेस्टेरोल नियन्त्रण गर्न सहयोग
–शारीरिक र मानसिक स्वास्थ्यमा सुधार
–रोग प्रतिरोधात्मक शक्ति बढाउँने
–स्मरणशक्ति वृद्धि
–मानसिक स्वास्थ्यमा सुधार
–रक्तसञ्चार तथा स्नायु प्रणालीलाई धेरै फाइदा
–बच्चाहरूको वृद्धि विकासमा सहयोग
–पौष्टिक तत्व प्रयाप्त मात्रामा पाइने भएकाले सौन्दर्यमा पनि निखार

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू