अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०२ | Colorodo: 02:17

शहीद शुक्रराज शास्त्रीको १ सय २६ औं जन्मजयन्ती मनाइँदै

बिआरटीनेपाल २०७६ साउन ३० गते ३:२७ मा प्रकाशित

शहीद शुक्रराज शास्त्रीको १ सय २६ औ जन्मजयन्ती बिहीवार विभिन्न कार्यक्रम गरि मनाइएको छ । शहीद स्मारक समितिले ललितपुरले कुुपण्डोलमा गरेको कार्यक्रममा प्रजातन्त्र ल्याउन शास्त्रीले पुर्याएको योगदानको बारेमा चर्चा गरिएको छ ।

कार्यक्रममा शहीद शुक्रराज शास्त्रीको प्रतिमामा माल्यार्पण गरीएको थियो । ललितपुर उपमहानगरपालिकाकी उपमेयर गीता सत्यालले शहीदले देखाएको बाटो हिड्न नसकेको कारण मुलुक यो अवस्थामा आइपुगेको भन्दै राज्यले शहीदहरुको सम्मान गर्नुपर्ने बताउनुभयो ।

शहीद स्मारक समितिका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठले शहीदहरु राज्यबाट अपहेलित भएको बताउनुभयो । बिसं १९९७ साल माघ १० गते तत्कालिन राणा शासकहरुले शुक्रराज शास्त्रीलाई टेकुको पचलीमा रहेको खरीको रुखमा झुण्ड्याएर मृत्युदण्ड दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू