अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२४ | Colorodo: 08:39

चेल्सीलाई हराउँदै लिभरपुलले जित्यो सुपर कपको उपाधि

बिआरटीनेपाल २०७६ साउन ३० गते ३:२५ मा प्रकाशित

चेल्सीलाई पराजित गर्दै लिभरपुलले युरोपियन सुपर कप फुटबलको उपाधि जितेको छ । गएराती टर्कीको इस्तानबुलमा भएको खेलमा लिभरपुल टाई ब्रेकरमा विजयी भयो ।युरोपियन क्लब फुटबलका दुई ठूला प्रतियोगिता च्याम्पियन्स लिग र युरोपा लिग विजेताको हैसियतमा लिभरपुल र चेल्सीले सुपर कप खेलेका हुन् ।

सुपर कपको निर्धा्रित समयमा चेल्सीका ओलिभर जिरु र लिभरपुलका सदिायो मानेले एक एक गोल गरेपछि खेल अतिरिक्त समयमा पुग्यो । अतिरिक्त समयमा लिभरपुलका माने र चेल्सीका जर्जीनोले एक एक गोल थपेपछि खेल टाई ब्रकेरमा पुगेको हो । टाई ब्रकेरमा चेल्सीका ट्यामी अब्राहमको प्रहार लिभरपुलका गोलकिपर एड्रियानले रोकेपछि टोली ५–४ ले विजयी भयो ।

जितसँगै लिभरपुलले सिजनमा शानदार प्रदर्शनलाई निरन्तरता दिंदा चेल्सी लगातार दोस्रो खेलमा पराजित भएको छ । गत आइतवार चेल्सीलाई प्रिमियर लिगको सुरुवाती खेलमा म्यान्चेस्टर युनाईटेडले ४–० ले हराएको थियो । गएराती सुपर कपको खेलमा भने तुलनात्मक रुपमा अनुभवी खेलाडीहरुलाई सुरुवाती एघारमा राखेको चेल्सीले सुधारिएको प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू