अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४९ | Colorodo: 16:04

जापानमा गर्मीका कारण २३ जनाको मृत्यु

बिआरटीनेपाल २०७६ साउन ३० गते ३:०९ मा प्रकाशित

जापानमा गर्मीका कारण कम्तीमा २३ जनाको मृत्यु भएको छ । जापानको अग्नि तथा प्रकोप व्यवस्थापन निकायले गर्मीका कम्तीमा २३ जनाको मृत्यु भएको जनाएको हो । सो कार्यालयले दिएको जानकारी अनुसार अत्याधिक तापका कारण बिरामी भएका १२ हजार ७ सय ५१ जना उपचारका लागि अस्पताल पुगेका छन्। मृत्यु भएको र बिरामी भएको यो विवरण गत अगस्ट ५ देखि एक हप्तासम्मको मात्रै भएको अधिकारीहरुले जनाएका छन्।

अस्पताल गएकामध्ये ४०० जनालाई भर्ना नै गर्नुपरेको उनीहरुको भनाइ छ। प्रभावित भएकामध्ये सबैभन्दा धेरै टोकियोका रहेका छन्। अधिकारीहरुका अनुसार टोकियोका मात्रै १४ सय ६५ जना अस्पताल गएका थिए भने सैतामाका ९ सय ७७ जना बिरामी भएका थिए। अस्पतालमा उपचार गराउन आएका यस्ता बिरामीमध्ये ५५ प्रतिशतभन्दा बढी बिरामी ६५ वर्षभन्दा बढी उमेरका रहेको अस्पताल प्रशासनले जनाएको छ।

जापानको मौसम विज्ञान विभागले अहिले जापानमा यो वर्षकै सबैभन्दा धेरै गर्मी भएको बुधबार जानकारी दिएको छ। उनीहरुका अनुसार सबैभन्दा धेरै गर्मी भएको ठाउँमा यस वर्षको सबैभन्दा धेरै तापक्रम ४०.३ डिग्री सेल्सियस पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू