अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०९ | Colorodo: 04:24

जम्मू–कश्मीर तनाव, इट्टाको जवाफ पत्थरले दिन तयार छौँ – पाकिस्तानी प्रधानमन्त्री खान

बिआरटीनेपाल २०७६ साउन ३० गते ३:०७ मा प्रकाशित

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पाकिस्तान प्रशासित कश्मीरको विधानसभाको विशेष सत्रमा सम्बोधन गर्दै नरेन्द्र मोदी नेतृत्वको भारत सरकारले संविधानको धारा ३७० निष्प्रभावित घोषित गर्नु हिट्लरले नाजीका लागि चालेको कदम जस्तै रहेको बताउनुभएको छ ।

मोदी सरकारले आफ्नो अन्तिम कार्डका रुपमा धारा ३७० निष्प्रभावी घोषित गरेको पाकिस्तानी प्रधानमन्त्री खानले बताउनुभयो । भारत अब पाकिस्तान प्रशासित कश्मीरमा केही गर्ने तयारीमा रहेको आरोप समेत खानले लगाउनुभएको छ । यदी युद्धको अवस्था आएमा पाकिस्तान त्यसका लागि पूर्ण रुपमा तयार रहेको खानको भनाई छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नाम लिएर प्रधानमन्त्री खानले इट्टाको जवाफ पत्थरले दिने चेतावनी दिनुभयो ।

मोदीले अन्तिम कार्डका रुपमा प्रयोग गरेको पछिल्लो कदमले कश्मीर अब स्वतन्त्रता तर्फ उन्मुख भएको पनि पाकिस्तानी प्रधानमन्त्री खानले दाबी गर्नुभएको छ । खानले आफ्नो सम्बोधनको क्रममा बारम्बार राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) को नाम लिँदै हाल भारतमा जे भइरहेको छ त्यो सबै आरएसएसको विचारधाराका कारण भएको ठहर गर्नुभयो । आरएसएसको विचारधार हिट्लरको नाजी पार्टीको जस्तै रहेको उहाको आरोप थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू