अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०३ | Colorodo: 18:18

आज श्रावण शुक्ल पुर्णिमा अर्थात् जनैपूर्णिमा, रक्षाबन्धन गरी मनाईयो , तराईमा राखी बाँधियो

बिआरटीनेपाल २०७६ साउन ३० गते ३:०४ मा प्रकाशित

आज श्रावण शुक्ल पुर्णिमा अर्थात् जनैपूर्णिमा । रक्षाबन्दन गरेर हिन्दु धर्मावलम्वीहरुले मनाएका छन् । जनै पूर्णिमा देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाउने गरिन्छ । बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्ने गर्दछन् ।

गुरु पुरोहितबाट नवयज्ञोपवीत( विधिपूर्वक मन्त्रिएको)जनै र रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास रहि आएको छ । सत्ययुगमा दानबद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेलेपछि त्यसकै प्रतिकस्वरुप रक्षाबन्धन बाँध्ने चलन रहेको किंवदन्ती छ । यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितहरुले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने गर्दछन् ।

आजकै दिन नेपालको तराईक्षेत्रमा भने राखी बाँध्ने चलन छ । श्रावण शुक्ल पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाउने गर्दछन् । यसबाट दिदीबहिनी र दाजुभाइबीचको सम्बन्ध प्रगाढ हुने विश्वास छ ।

जनैपूर्णिमाका दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाने प्रचलन छ । क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाल्ने र स्वस्थ हुन मद्दत गर्ने विश्वास रही आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू