अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२५ | Colorodo: 01:40

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको स्वास्थ्यमा खरावी आएपछि नेकपाको केन्द्रीय सचिवालय बैठक स्थगित

बिआरटीनेपाल २०७६ साउन ३० गते २:४९ मा प्रकाशित

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा गडबडी आएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको आजको बैठक पनि स्थगित भएको छ । आज तीन बजेका लागि निर्धारित केन्द्रीय सचिवालय बैठक अन्तिम समयमा आएर स्थगित भएको छ ।

दिउँसो तीन बजेका लागि निर्धारित बैठकका लागि पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका अन्य सदस्यहरु बालुवाटार पुगेर कुरेको झण्डै डेढ घण्टापछि प्रधानमन्त्रीको स्वास्थ्यको प्रतिकूलताका कारण बैठक स्थगित गर्ने सूचना जारी गरिएको थियो ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले भने बैठक स्थगित मात्रै भएको जानकारी दिनुभएको छ । पछिल्लो सहित पूर्वनिर्धारित समयमा बैठक बस्न नसकेको यो तेस्रो पटक हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू