अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५८ | Colorodo: 22:13

जम्मु–कश्मीर सीमामा पाकिस्तानी सेना तैनाथ

बिआरटीनेपाल २०७६ साउन २९ गते ९:४८ मा प्रकाशित

पाकिस्तानले अफगानिस्तानको सीमा क्षेत्रमा तैनाथ सैनिकलाई पाकिस्तान–कश्मीरको सीमा क्षेत्रमा तैनाथ गर्ने भएको छ । अमेरिकाका लागि पकिस्तानी राजदूत असद मजीद खानले अफगानिस्तानको सीमाबाट सेना हटाएर कश्मीरको सीमामा फेरि तैनाथ गर्न सक्ने जानकारी दिनुभयो ।

कश्मीर मुद्दामा अमेरिका र अन्तर्रा्ष्ट्रिय समुदायबाट हस्तक्षेपको अपेक्षा गरिरहेको पाकिस्तानले साथ नपाएपछि यस्तो बयान सार्वजनिक गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । पाकिस्तानले बुधबार पाकिस्तान–कश्मीर सीमा क्षेत्रमा बाक्लो हवाई गस्तीकाबीच ७३र्औ स्वतन्त्रा दिवस मनाएको छ । यसअघि जम्मू कश्मीरलाई विशेष राज्यको दर्जा दिने अनुच्छेद ३७० को प्रावधान हटाइएको विरोधमा पाकिस्तानले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्मा अपिल गरेको थियो ।

पोल्याण्डले पाकिस्तानसँग कश्मीर मामिलामा द्विपक्षीय समाधान निकाल्न सुझाव दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू