अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५४ | Colorodo: 22:09

मैत्रीपूर्ण भलिबल खेलमा नेपालको जित

बिआरटीनेपाल २०७६ साउन २९ गते ९:४३ मा प्रकाशित

एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको तयारी गरिरहेको नेपाली टोलीले अफगानिस्तानविरुद्ध भएको पहिलो मैत्रीपूर्ण खेलमा जित निकालेको छ । बुधबार लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको खेलमा नेपालले ३–२ सेटको जित निकालेको हो ।

पहिलो सेट २५–२२ ले गुमाएको नेपालले दोस्रो सेटमा २५–१७ को जित निकाल्यो । निकै नै रोमाञ्चक खेलको तेस्रो सेटमा पुनः अफगानिस्तानले २५–२३ को जित निकाल्न सफल भयो । अन्तिम सेटमा भने नेपाल बलियो सावित भयो । नेपालले अन्तिम सेटमा आक्रमक बन्दै नेपालले १५–१३ को जित हात पार्न सफल भएको हो ।

एसियन भलिबल संघको संयोजनमा हुने प्रतियोगितामा नेपालसहित बंगलादेश, अफगानिस्तान, किर्गिस्तान, माल्दिभ्स, तुर्किमिनिस्तान र उज्वेकिस्तानसहित ७ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू