अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४९ | Colorodo: 19:04

दोहामा नेपालीमाथी सांघातिक आक्रमण – एक जनाको घटनास्थलमै मृत्यु, तीन गम्भिर घाइते

बिआरटीनेपाल २०७६ साउन २९ गते ९:४० मा प्रकाशित

कतारको दोहास्थित जैदा पार्कमा नेपालीमाथी आक्रमण हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार साँझ जैदा पार्कमा अर्को समुहको आक्रमणमा परि सुनसरीका एक युवाको घटनास्थलमै मृत्यु भएको हो । कतारस्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार मृत्यु हुनेमा सुनसरीका तरवेज अन्सारी रहेका छन् ।

घटनामा पाँच जना घाइते भएकोमा एकको अवस्था गम्भिर रहेको छ । उमर अन्सारीको गम्भिर अवस्थामा हमाद अस्पतालमा उपचार भईरहेको छ । यसैगरी इव्राहिम अन्सारी र नौसाद अन्सारी घाइते भएपनि उनिहरुको अवस्था खतरामुक्त रहेको छ । यसैगरी घटनालगत्तै प्रहरीले पक्राउ गरेका अकवर मिया र महसुद अन्सारीलाई भने राजदूतावासको रोहवरमा हिरासत मुक्त भएका छन् ।

कतार प्रहरीले घटनामा संलग्न केहीलाई पक्राउ गरेको जानकारी दिएपनि उनिहरुको परिचय भने खुलाएको छैन । घटना किन कसले गरायो भनेर खुल्न सकेको छैन । यसैविच दूतवासले अनावश्यक भिडभाड हुने क्षेत्रमा अत्यावश्यक कामबाहेक नजान आग्रह गरेको छ । जानै पर्ने भए आवश्यक सतर्कता अपनाउन कतारबासी नेपाली समुदायलाई आग्रह समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू