अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२९ | Colorodo: 08:44

पत्रकार पुडासैनीको आत्महत्या गर्नुअघिको भिडियो सार्वजनिक – रवि लामिछानेले युवतीलाई अगाडि सारेर मनाई मर्न बाध्य पारे

बिआरटीनेपाल २०७६ साउन २९ गते ९:३५ मा प्रकाशित

पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको अन्तिम भिडियो सार्वजनिक भएको छ । चितवन प्रहरीले सार्वजनिक गर्न अस्वीकार गरिरहेको बेला पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि खिचिएको भिडियो उनकै परिवारका सदस्यले एक सञ्चारमाध्यममार्फत् सार्वजनिक गरिदिएका हुन् ।

भिडियोमा पत्रकार पराजुलीले कार्यक्रम प्रस्तोता रवि लामिछाने र उनको समुहले विज्ञापन एजेन्सीमार्फत् बालुवा ठेकेदार, सिमेन्टलगायत ठूला कम्पनी र घरानाबाट करोडौं कमाउने गरेको उल्लेख छ । ‘रातदिन काम लगाएर मलाई कम मात्रै पैसा दिने । कराउँदा कराउँदा बल्लतल्ल १८ हजार तलब पुर्याए,’ आत्महत्याअघि पुडासैनीको रुँदै बोलिरहेको करिब ८ मिनेटको भिडियो र अडियो टेपमा भनिएको छ, ‘रवि लामिछाने र युवराज कँडेलले पछिल्लो पटक धेरै यातना दिए ।’

‘प्यारी सम्झना, मैले कसरी सक्नु ? रवि दाइ, मलाई मर्न बाध्य बनाएकोमा तपाईंहरूलाई पाप लाग्छ,’ पुडासैनीले भिडियोमा भनेका छन । भिडियोमा पुडासैनीले लामिछानेको गलत काम पर्दाफास हुने ठोकुवा पनि गरेका छन । ‘रवी दाई, केही केही दीनदुःखीको उद्धार पनि गर्नुभयो, तर अरुको प्रगति देख्न सक्नुभएन । दुनियाँलाई थर्काउनु भयो, ढिलोचाँडो दुनियाँले तपाईंको असली रुप देख्नेछ । मसँग प्रमाण छ, आज नभए पनि भोलि तपाईंको पापको घडा भरिन्छ,’ पुडासैनीले भनेका छन् ।

पुडासैनीले न्यूज २४ छाडने भन्दा केटी लगाएर फसाउन खोजेको पनि बताएका छन । ‘मैले न्युज २४ छोड्छु भन्दा रवि र दीपक भएर त्यसो नगर बरु डिपेन्डेण्ट भिसामा अष्ट्रेलिया पठाइदिन्छौं भन्दै रालुका गाविस ओखलढुंगाकी केटी‘कार्कीको पछि लगाए, त्यही केटीलाई मैले बीपी स्मृति हस्पिटल बसुन्धरामा जागिर लगाइदिएँ, पुतलीसडकको कन्सल्ट्यान्सीमा पनि बिहान–बिहान पुर्याइदिएँ, पछि उसले उल्टै खाते भन्दै मैलाई हेप्न थाली, म ऊबाट टाढिँदै गएँ, त्यही क्रममा मैले न्युज २४ टेलिभिजन छाडे, त्यसबापत मलाई उहाँहरूले त्यही केटीलाई बलात्कार गरेको भनेर फसाउने षड्यन्त्र गर्नुभयो, त्यसकारण म अब यस संसारमा यस्तैगरी बाँचिरहन चाहन्नँ,’ पत्रकार पुडासैनीले भनेका छन ।

नुवाकोटको बेलकोटगढी ३ निवासी पत्रकार पुडासैनीले आत्महत्या गरेको विषयले केही समय यता नेपाली पत्रकारिता क्षेत्रलाई तरंगित बनाएको छ । पुडासैनीको यो भिडियोमा लामिछानेले थुप्रै बार्गेनिङ्ग गर्ने गरेको उजागर गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू