अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०४ | Colorodo: 20:19

नेपाल–भारत सम्बन्ध अब आर्थिक क्षेत्रतर्फ केन्द्रित हुनुपर्छ – परराष्ट्रमन्त्री ज्ञवाली

बिआरटीनेपाल २०७६ साउन २९ गते ९:३३ मा प्रकाशित

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल र भारतबीचको सम्बन्ध अब आर्थिक क्षेत्रतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ । बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री ज्ञवालीले नेपालले अघि सारेको समृद्धि र विकासको लक्ष्य हासिल गर्न दुवै देशबीच आर्थिक साझेदारीको सम्बन्ध बलियो हुनुपर्ने बताउनुभयो ।

सार्थक आर्थिक साझेदारीले नै दुई मुलुकको हित हुने उहाँको भनाइ थियो । मन्त्री ज्ञवालीले जलमार्गको विकासका लागि दुवै देशले गृहकार्य गरिरहेकाले २०२० सम्ममा यससम्बन्धी धेरै कामहरु भइसक्ने दाबी समेत गर्नुभएको छ । भारतसँगको वाणिज्य सन्धि पुनरावलोकन गर्ने काम पनि भइरहेको बताउँदै उहाँले भारतसँगको आर्थिक सम्बन्धलाई उचाइमा र्पुयाउन सरकारले गृहकार्य थालिसकेको बताउनुभयो ।

पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. रामशरण महतले नेपालको आर्थिक क्षेत्रमा सुधारका निम्ति भारतको सहयोग महत्वपूर्ण रहेको बताउनुभयो । कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मन्जीवसिंह पुरीले नेपाल र भारतको सम्बन्ध बहुआयामिक रहेको भन्दै आगामी दिनमा सम्बन्धलाई अझ प्रगाढ राख्न भारत सरकार सचेत रहेको प्रष्ट पार्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू