अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२६ | Colorodo: 06:41

भारतसँगको तनावबीच पाकिस्तानी प्रधामन्त्री कश्मीरमा

बिआरटीनेपाल २०७६ साउन २९ गते ९:३० मा प्रकाशित

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बुधबार पाकिस्तानी कश्मीरको भ्रमण गर्नुभएको छ । प्रधानमन्त्री खानले कश्मीर भ्रमणपछि नयाँ नीति घोषणा गर्ने सम्भावना छ । भारत सरकारले भारत प्रशासित जम्मु(कश्मीरको विशेष मान्यता खारेज गरेसँगै आणविक शक्तिसम्पन्न दुई मुलुकबीच तनावको स्थिति छ।

पाकिस्तानले भारतको यस कदमविरुद्ध अन्तर्राष्ट्रिय कुटनीतिक दबाब बढाउने निर्णय गरेको छ। पाकिस्तानले भारतीय कदमबारे आपतकालीन बैठक डाक्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदसमक्ष औपचारिक अनुरोध गरिसकेको छ । पाकिस्तानले भारतीय राजदूतलाई फिर्ता गरेको छ। पाकिस्तानले दुई देशीय व्यापार रोक्नुका साथै सीमा वारपार यातायात सेवा बन्द गरेको छ।

विज्ञहरुका अनुसार पाकिस्तानका पछिल्ला निर्णयले भारतमाथि कुनै दबाब सिर्जना हुने छैन। यसै साताको सुरुमा पाकिस्तानी प्रधानमन्त्री खानले भारतको कदमविरुद्ध अन्तर्राष्ट्रिय जगतले खुलेर समर्थन नगरेकामा आपत्ति जनाउनुभएको थियो । अगष्ट १९४७ मा बेलायतको शासनसत्ता पतन भएसँगै भारत र पाकिस्तानको उदय भएको थियो। दुई मुलुकको विभाजनका क्रममा भड्किएको हिंसामा लाखौं मानिस मारिएका थिए।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू