अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५६ | Colorodo: 06:11

पोखरामा श्रृंखलाबद्ध चोरी गर्दै आएका व्यक्ति १४ महिनापछि पक्राउ

बिआरटीनेपाल २०७६ साउन २९ गते ९:२० मा प्रकाशित

पोखरा महानगरपालिका एघार वटा वडा कार्यालयहरुमा श्रृंखलाबद्ध चोरी गर्दै आएका व्यक्ति १४ महिनापछि पक्राउ परेका छन् । काठमाडौं–११ घर भई पोखरामा डेरा गरी बस्ने किशोर थापालाई प्रहरीले पक्राउ गरी आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।

एक वर्षको अवधिमा उनले महागरका १२, १५, १४, ११ २९, ५, १३, १६, १९, ३१, २५ र अन्तिममा ६ नम्बर वडा कार्यालयको कम्प्युटर चोरी गरेका थिए । उनी यसअघि पनि डाकाचोरी मुद्दामा दुई पटक जेल परिसकेका व्यक्ति हुन् । पछिल्लो पटक ०७१ सालदेखि ०७४ सम्म जेल बसेका उनी छुटे लगतै फेरि चोरी धन्दामा लागेको पाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

उनीसँगै चोरीको सामान किन्ने रुपचन्द्र गोपालीलाई पनि पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छकाठमाडौंको कलंकीमा कम्प्युटर मर्मत पसल चलाएका उनले चोरीको सामान मात्र किनबेच गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू