अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४२ | Colorodo: 13:57

२० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य– पर्यटनमन्त्री भट्टराई

बिआरटीनेपाल २०७६ साउन २९ गते ९:१८ मा प्रकाशित

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मुलुुकको पर्यटन विकासका लागि मन्त्रालयले विभिन्न कार्यक्रम अगाडि सारेर काम गरिरहेको बताउनुभएको छ । नवनियुक्तमन्त्री भट्टराईलाई आज मन्त्रालयमा बधाई दिन पुुगेको नेपाल व्यापार सङ्घको टोलीसँग कुराकानी गर्दै उहाँले मुलुकको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको पर्यटन क्षेत्रको विकासमा मन्त्रालय लागिरहेको बताउनुभयो ।

सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य अनुरुप त्यसलाई पूरा गर्न मन्त्रालयले गर्नुपर्ने आवश्यक काम मन्त्री भट्टराईको भनाई थियो । पर्यटन क्षेत्रमार्फत मुलुुकको विकासका लागि सरकारले गम्भीर भएर काम गरिरहेको पनि उहाँले स्पष्ट पाार्नुभयो ।

कार्यक्रममा सङ्घका अध्यक्ष कुमार कार्कीले तातोपानी र केरुङ नाकामा व्यापारीले भोग्नुुपरेको समस्याबारे मन्त्री भट्टराईको ध्यानाकर्षण गराउनुका साथै उहाँको सफल कार्यकालका लागि शुभकामनासमेत व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया