अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१६ | Colorodo: 23:31

सहमति जुट्न नसक्दा नेकपा सचिवालय बैठक भोलिसम्मका लागि स्थगित

बिआरटीनेपाल २०७६ साउन २९ गते ९:१६ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको सचिवालय बैठक भोलिसम्मका लागि स्थगित भएको छ । बैठकअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको छलफलमा विवादीत विषयमा सहमति जुट्न नसकेपछि आज बैठक नबस्ने भएको हो । स्कुल विभागमा विवाद कायमै रहेपछि त्यसमा सहमति जुटाउन अध्यक्षद्वयबीचमा बिहीबार बालुवाटारमा छलफल भएको थियो ।

स्रोतका अनुसार प्रधानमन्त्री ओली स्कुल विभाग नेता पोखरेललाई दिने अडानमा हुनुहुन्छ भने अध्यक्ष प्रचण्ड श्रेष्ठको हकमा सहमति जुट्न नसके अध्यक्षकै मातहत राख्न इृच्छुक हुनुहुन्छ । यसबारे अध्यक्षद्वयले मंगलबार सचिवालयका अन्य सदस्यसँग पनि छुट्टाछुट्टै परामर्श गर्नुभएको थियो । तर, सचिवालयका अन्य सदस्यहरुले स्कुल विभागको विवाद टुंग्याउने जिम्मा अध्यक्षद्वयलाई दिएका छन् । स्कुल विभागमा स्थायी कमिटीका अन्य नेताहरुले पनि दावी गरेका छन् ।

सचिवालयका एक नेताका अनुसार सचिवालयका नेता भूमिकाबिहीन बनेर स्थायी कमिटीका नेतालाई स्कुल विभागको जिम्मेवारी दिने सम्भावना भने कम छ । उनका अनुसार ती नेतालाई स्कुल विभागको उपप्रमुख बनाउनेबारे छलफल भएको छ । त्यस्तै, जनवर्गीय संगठनको नेतृत्वबारे पूर्व एमालेमा विवाद देखिएपछि आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू