अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५९ | Colorodo: 18:14

‘निजामती सेवा ऐनमा ट्रेड युनियनको व्यवस्था हुनैपर्छ’– आधिकारिक ट्रेड युनियन

बिआरटीनेपाल २०७६ साउन २८ गते ९:४६ मा प्रकाशित

प्रस्तावित संघीय निजामती सेवा ऐनमा ट्रेड युनियनको व्यवस्थाका कसरी गर्ने भन्ने सम्बन्धमा विवाद भइरहेका बेला ट्रेड युनियनका पक्षधरहरुले आवश्यक शुद्धिकरण गर्नु पर्ने तर ट्रेड युनियनको व्यवस्था कायम राखिनु पर्ने बताएका छन् ।

संसदको राज्यव्यवस्था तथा सुशान समितिमा संघीय निजामती सेवा ऐनबारे छलफल जारी छ । सो ऐनमा कर्मचारीहरुका विभिन्न ट्रेड युनियनहरु राख्न नहुने प्रस्ताव गरिएको छ । प्रमुख प्रतिपक्ष कांग्रेसले त्यसको गम्भीर रुपमा विरोध गर्दै आएको छ ।

यसै सम्बन्धमा ट्रेड युनियनका पक्षधरहरुले संसदको राज्यव्यवस्था तथा सुशान समितिका सभापति शशी श्रेष्ठलाई भेटेर आफूहरुको चासो तथा सुझावहरु प्रस्तुत गरेका छन् । संघीय संसद सचिवालय अन्तर्गत रहेको आधिकारिक ट्रेड युनियनका अध्यक्ष मेघराज अर्यालले संविधानमा रहेको व्यवस्था अनुसार नै ट्रेड युनियन राख्न पाईने उल्लेख गर्दै सरकारले ल्याउन लागेको ऐनमा पनि सो कुरा कठित नहोस् भनेर चासो ब्यक्त गरेको बताउनुभयो ।

निजामती तथा अरु सरकारी कर्मचारीहरु र उनीहरुसँग जोडिएका विषयबस्तुलाई व्यवस्थापन गर्नका लागि नयाँ ऐन ल्याउन लागिएको हो । तर त्यसमा राख्न खोजिएका केही व्यवस्थाहरुप्रति विशेषगरी कर्मचारी युनियन तथा ट्रेड युनियनहरुले चासो व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू