अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२५ | Colorodo: 08:40

अमेरिकी बालस्याहार केन्द्रमा आगलागी, ५ जनाको मृत्यु

बिआरटीनेपाल २०७६ साउन २८ गते ९:४१ मा प्रकाशित

अमेरिकाको एउटा दिवा बालस्याहार केन्द्रमा आगलागी हुँदा ५ जनाको मृत्यु भएको छ । अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार घटनाका बारेमा उनीहरुले थप अनुसन्धान गरिरहेका छन् ।

पेन्सिलभानियामा रहेको स्याहार केन्द्रमा आगलागी भएकोमा बालबालिकाहरु भित्रै थुनिएकाले जलेर ज्यान गुमाएका जनाइएको छ । स्थानीय अग्नि नियन्त्रण प्रमुख गुय सन्तोनले मृत्यु भएका बालबालिकाहरू आठ महिनादेखि सात बर्षसम्मका रहेको बताउनुभयो । आइतबार बिहान बालबालिकाहरू सुतिरहेका बेला दोस्रो तलामा आगलागी भएको उहाको भनाई छ ।

आगलागी भएको २५ मिनेट भित्रमै अग्नि नियन्त्रकहरु घटनास्थलमा पुगेका थिए । उनीहरुले घरको पहिलो तलाको झ्यालबाट ठूलो आगोको मुस्लो बाहिर निस्किरहेको देखेको बताएका छन् । तल पहिलो तलामा आगलागी भएपछि दोस्रो तलामा रहेका बालबालिकाहरु थुनिएको र बाहिर निकाल्न नसकिएको उनीहरूको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू