अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३३ | Colorodo: 06:48

प्रदेश ५ को लोकसेवा आयोगको सदरमुकाम बुटवलमा रहने

बिआरटीनेपाल २०७६ साउन २८ गते ९:३० मा प्रकाशित

प्रदेश ५ को लोकसेवा आयोगको सदरमुकाम बुटवलमा रहने भएको छ । आज बसेको प्रदेश मन्त्रिपरिषद बैठकले लोकसेवा आयोगको सदरमुकाम बुटवललाई तोकेको हो । प्रदेश ५ को स्थायी राजधानी हालसम्म तोकिएको छैन । दाङ वा बुटवल रहने भन्ने अहिले पनि विवाद छ । तर प्रदेश सरकारले लोकसेवा आयोगको मुकाम अस्थायी राजधानी बुटवलमा राख्ने निर्णय गरेको हो ।

बैठकले पेन्सन प्राप्त स्थानीय तहका जनप्रतिनिधिले दोहोरो सुविधा पाउने गरी स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधासम्बन्धी ऐन, २०७५ संशोधन गर्ने विधेयकलाई सैद्धान्तिक स्वीकृति दिएको छ । बैठकले सामाजिक विकास मन्त्रालयले पेश गरेको सेवा केन्द्र तथा पुर्नस्थापना केन्द्र स्थापना र सञ्चालन तथा सेवा तथा पुर्नस्थापना कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ सम्बन्धमा तयार गरिएको अवधारणा पत्रलाई पनि सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ ।

यसैगरी बैठकले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पेश गरेको वजार नियमन तथा प्रतिस्पर्धा प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको अवधारणा पत्र पनि स्वीकृत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू