अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२३ | Colorodo: 09:38

हङकङलाई ‘पातालतर्फ नधकेल्न’ कार्यकारी प्रमुख लामको चेतावनी

बिआरटीनेपाल २०७६ साउन २८ गते ९:२९ मा प्रकाशित

हङकङकी कार्यकारी प्रमुख क्यारी लामले सरकारविरोधी प्रदर्शनकारीलाई सहरलाई ‘पातालतर्फ नधकेल्न’ चेतावनी दिनुभएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले प्रदर्शनका कारण हङकङ ‘खतरनाक अवस्थामा’ पुगेको भन्दै प्रदर्शनकाक्रममा भएका हिंसाले सहरलाई पातालतर्फ धकेलेको बताउनुभयो ।

प्रदर्शनकारीहरुले हङकङको अन्तर्राष्ट्रिय विमानस्थल कब्जामा लिएर अवरोध सिर्जना गरेको भोलिपल्टै कार्यकारी प्रमुख लाम सन्चारकर्मीमाझ उपस्थित हुनुभएको हो । निकै भावुकरुपमा प्रस्तुत हुनुभएका लामले हङकङवासीलाई आफ्ना मतभेद एक ठाउँमा राखी सहरबारे सोच्न आग्रह गर्नुभयो । उहाँले नियय–कानुनअनुसार सहरलाई सुरक्षित र अर्थ व्यवस्था सुदृढ बनाउने आफ्नो जिम्मेवारीप्रति प्रतिबद्ध रहेको स्पस्ट समेत पार्नुभएको छ ।

यसैबीच, धर्नामा बसेका सयौं प्रजातन्त्र समर्थक प्रदर्शनकारीहरू विमानस्थलबाट बाहिर निक्लिएपछि विमानस्थल पुनः सन्चालनमा आएको छ । हङकङमा विगत १० हप्तादेखि प्रदर्शन भइरहेको छ । सुरुमा विवादास्पद सुपुर्दगी विधेयक खारेजीको माग गर्दै भएको प्रदर्शनले अहिले सरकारविरोधी प्रदर्शनको रुप लिएको छ । सरकारले विधेयक स्थगित गरेपनि उनीहरुले यसको खारेजीको माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू