अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०० | Colorodo: 03:15

आरक्षण बचाउ आन्दोलन अन्तर्गत बालुवाटार अगाडि प्रदर्शन

बिआरटीनेपाल २०७६ साउन २८ गते ९:२८ मा प्रकाशित

लोकसेवा आयोगले स्थानीय तहका लागि माग गरेको विज्ञापन खारेजीको माग गर्दै आरक्षण बचाउ आन्दोलनका अभियान्ताहरूले प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा प्रदर्शन गरेका छन् । संघीयताको मूलमर्म र समानुपातिक समावेशीको सिद्धान्तविपरीत प्रकाशित विज्ञान खारेजीका लागि सरकारलाई दबाब दिन उनीहरू प्रधानमन्त्री निवास क्षेत्र बालुवाटारमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनको क्रममा उनीहरुले विज्ञापनलाई खारेज गर्न माग गर्दै सरकारविरुद्ध चर्का नाराबाजीसमेत गरेका थिए । आदिवासी, जनजाति, महिला, दलित र पछाडि परेका समुदायले आयोगले खुलाएको स्थानीय तहको विज्ञापन समावेशी र समानुपातिक नभएको भन्दै विरोध प्रर्दशनको कामलाई निरन्तरता दिइरहेका छन्। उनीहरूले सो विज्ञापन खारेज नभएसम्म आफूहरूको आन्दोलन जारी राख्ने चेतावनी पनि दिँदै आएका छन्।

सरकारको सिफारिसमा आयोगले स्थानीय तहका लागि जेठ १५ गते ९ हजार १ सय ६१ कर्मचारी माग गर्दै विज्ञापन प्रकाशित गरेको थियो भने साउन ४ गते परीक्षा लिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू