अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२५ | Colorodo: 07:40

सहकारीलाई नियन्त्रण नगरे भयानक दुर्घटना – मन्त्री अर्याल

बिआरटीनेपाल २०७६ साउन २८ गते ९:२६ मा प्रकाशित

नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकार सहकारीको समस्या समाधान गर्न लागिरहेको बताउनुभएको छ । काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा मन्त्री अर्यालले सहकारीलाई बेलैमा नियन्त्रण नगरिएमा भयानक दुर्घटना हुने खतरा औंल्याउनुभयो ।

सहकारीलाई अब नियन्त्रण नगर्ने हो भने दुई वर्ष पछि भयानक दुर्घटनाको संकेत देखा परेको उल्लेख गर्दै उहाँले त्यसलाई रोक्ने कोसिस सरकारले सहकारी नियमावलीमार्फत गरेको बताउनुभयो । कतिपय सहकारी सञ्चालकहरु ठगी गरेर भागेको गुनासो आइरहेको बेला मन्त्री अर्यालको यस्तो धारणा सार्वजनिक भएको हो ।

उहाँले नियमावलीमा सहकारीको कर्जा सुरक्षा कोष केन्द्रको स्थापना गरिएको पनि बताउनुभएको छ । मन्त्रालयले अहिले गरिब पहिचानको काम गरिरहेको मन्त्री अर्यालको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू