अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४८ | Colorodo: 23:03

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सरकार आफैं बनाउँछ – पर्यटनमन्त्री भट्टराई

बिआरटीनेपाल २०७६ साउन २८ गते ९:२५ मा प्रकाशित

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढ विमानस्थलमा अन्तर्राष्ट्रिय लगानी नजुटे सरकार आफैंले निर्माण गर्ने बताउनुभएको छ । मंगलबार राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथ समन्वय समितिमा बोल्दै मन्त्री भट्टराईले लगानी बोर्डबाट निजगढ विमानस्थलका लागि लगानी जुट्ने अवस्था नआए सरकार अब पछाडि फर्कने मुडमा नरहेको उल्लेख गर्नुभयो ।

विमानस्थल निर्माणमा सबै रकम एकै वर्षमा नलाग्ने उल्लेख गर्दै उहाँले वार्षिक २०÷२५ अर्ब रुपैयाँ सरकारका लागि ठूलो कुरा नरहेको स्पष्ट पार्नुभयो । मन्त्रालयले मङ्गलबार नै निजगढ विमानस्थलको लगानीका विषयमा लगानी बोर्डसँग पनि छलफल गरेको छ । आगामी मङ्सिरसम्म निजगढ विमानस्थलको शिलान्यासको घोषणा गर्दै मन्त्री भट्टराईले पूर्व तयारीका काम सकेरै शिलान्यास गरिने बताउनुभयो ।

राजनीतिक प्रतिवद्ध्ता र सरकारले आयोजनालाई महत्व दिएको देखाउनसमेत शिलान्यास आवश्यक रहेको भट्टराईको भनाइ छ । निजगढका रुख काट्नुअघि वृक्षारोपणको अभियान शुरु गर्ने भन्दै मन्त्री भट्टराईले आफू वन विनाश गर्न नभई विमानस्थल बनाउन आएको उल्लेख गर्नुभयो । यस विषयमा पर्यटन मन्त्रालय र वन मन्त्रालयबीच बुधबार छलफल हुदैछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू