अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५९ | Colorodo: 10:14

तमु जातिको सांस्कृतिक पर्व ट्होंटे मनाईयो

बिआरटीनेपाल २०७६ साउन २८ गते ९:२४ मा प्रकाशित

गुरुङ समुदायको सांस्कृतिक पर्व ट्होंटे मंगलबार पोखरामा धुमधामका साथ मनाईएको छ । वर्षको दुई पटक मनाईने यो पर्व उभौली र उद्यौली ट्होंटेका रुपमा चैत र साउनका मनाउने गरिन्छ । बिगतका बर्षहरुका झैं यस बर्षपनि पोखरा र आसपासका गुरुगं समुदायले ट्होंटे पर्व भब्यताकासाथ मनाएका छन् । भूत, प्रेत, भगाउने, रोगब्याधी हटाउने विश्वासका साथ यो पर्व मनाउने प्रचलन रहेको छ।

‘राष्ट्रिय संस्कृति बचाऔं, ट्होंटे पर्व मनाऔं’ भन्ने नाराका साथ तमु धिं नेपालले आब्हान गरेको कार्यक्रममा विभिन्न टोल टोलबाट समुदायको संस्कृति झल्किने झाँकि सहित गुरुङ समुदाय र्यालीमा निस्किएका थिए । बाजा गाजा सहित जातीय पोशाक तथा विभिन्न मुखाकृतिमा सजिएका जनावर, र भुतको मुकुन्डो लगाई सडकमा उत्रीएर ट्होटे पर्व मनाईएको हो । गुरुङ समुदायका साना साना बालबालिका, युवा युवती देखि बुढापाकासम्म जातिय पोशाकसहित र्यालीमा सहभागी भएका थिए ।

तमु धिं नेपालको अगुवाइमा २०५२ सालदेखि साउन र चैत्रको अन्तिम मंगलबार सामूहिकरुपमा मनाउन थालिएको हो । र्याली बजार परिक्रमा गर्दै नयाँ बजारस्थित तमु धिं नेपालको कार्यालयमा पुगेर समापन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू