अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०३ | Colorodo: 07:18

मिस नेपाल नर्थ अमेरिकाको प्रशिक्षण सुरु

विजय थापा २०७६ साउन २७ गते १८:३४ मा प्रकाशित

डिसी । आगामी अगस्त १७ का दिन न्युयोर्कमा हुने मिस नेपाल नर्थ अमेरिका २०१९ का लागि अन्तिम छनौटमा पुगेका प्रतियोगीहरूको प्रशिक्षण आज अगस्त १२ देखि न्यूयोर्कमा सुरु भएको छ । पूर्व सूचित तालिका अनुसार अगस्त १२ देखि अगस्त १६ सम्म १६ जना प्रतियोगीहरूले सहभागी जनाएका छन् । र अमेरिकाको ११ वटा राज्य तथा क्यानडा समेत गरेर सबै अन्तिम सूचीमा परेका सबै प्रतियोगीहरू गत अगस्त ११ का दिन न्यु योर्क आई पुगेका हुन् । अन्तिम (फाइन लिस्ट)मा अमेरिकाका विभिन्न राज्यहरूबाट सहभागिता रहेका मध्ये १७ जना निर्णायक चरणमा पुगेका थिए । तर एक जना प्रतियोगीको नेपाल जानु परेकोले मिस नेपाल नर्थ अमेरिका २०१९ को अन्तिम चरणमा अब केवल १६ जना मात्र प्रतियोगीहरू सहभागी हुने भएका छन् । 

उक्त अन्तिम सूचीमा पुग्ने १७ जना प्रतियोगीहरू मध्येमा १६ जनाहरूमा मिनेसोटाकी आसमा थापा मगर ,भ्यानकुभर क्यानडा कि आस्था पाण्डे ,मिनेसोटाकी एन्जिला अधिकारी ,ओहायो की विष्णु मिश्रा ,भर्जिनिया कि गरिमा पौडेल ,म्यासाचुसेट्सकी कृति केसी ,न्यूयोर्ककी मनीषा रोका ,क्यालिफोर्नियाकी ओशिन रायमाझी ,ओकल्हामाकी राज श्री आचार्य ,न्यु योर्ककी रेबिका श्रेष्ठ ,क्यालिफोर्नियाकी रिस्ता शाह ,ईडाहोकी सबिना पौडेल ,मेरिल्याण्डकि शिक्षा घिमिरे,न्यु योर्क की सोनी खनाल ,पेन्सेलभेनियाकी सोनिशा थापा तथा न्यूयोर्ककी श्रीया गजुरेलले पहिलो दिन तालिम सफलतापूर्वक सम्पन्न गरेका छन् ।

सहभागीहरूले निकै उत्साहित लागेको र यो ठुलो भएको ईनेप्लिजलाई बताएका छन् भने सदिक्षा श्रेष्ठले सबै १६ जना प्रतियोगी होनहार र प्रतिभाशाली रहेको बताइन ।

यसको लागि गत अगस्त १० कै दिन २०१० कि नेपाल सुन्दरी (मिस नेपाल २०१० )सदिक्षा श्रेष्ठ न्यु योर्क आई प्रतियोगीहरूलाई तालिम दिन सुरु गरेकी छिन् । श्रेष्ठ आधिकारिक कोरियोग्राफर( नृत्य निर्देशन/सम्पूर्ण अन्य क्रियाकलाप) को भूमिका निर्वाह गर्ने छिन ।

गत वर्ष मिस नेपाल नर्थ अमेरिकामा मोनिका घले भएकी थिइन् प्रथम विजेता सुजाता लामा तथा द्वितीय विजेता सृजना राई भएका थिए । यस पटक मिस नेपाल नर्थ अमेरिका २०१९( उत्तर अमेरिका नेपाल सुन्दरी ) को लागि कूल ३३ जनाले निवेदन दिएका थिए ।

मिस नेपाल वर्ल्ड २०१८ कि शृंखला खतिवडा आधिकारिक सहभागी मेन्टर(परामर्शदाता)को रूपमा सहभागिता हुने छिन । यस पटक पनि विशेष साङ्गीतिक कार्यक्रमको आयोजना गर्ने छ भने कलाकारहरूमा क्रमशः एड्रीएन प्रधान ,सिने गुरुङ ,राभ सिटौला ,आदित्य लामा,राहुल राई तथा जय गुरुङको प्रस्तुति रहने छ ।

यसै गरी यस पटक उद्घोषक सुमित सिग्देलले गर्ने छन् भने डिस्क जोकी(चक्रिका विदूषक)हरूमा क्रमशः रोकेश गुरुङ तथा जङ्गबु शेर्पा रहने छन् । कार्यक्रम मेल रोज बलरुममा कार्यक्रम हुने भएको छ ।

उन्नत इन्टरनेसनल तथा ड्रिम्स युनिभर्सलले कार्यक्रम प्रस्तुत गर्ने छ । ९ वर्ष सम्म रणनीति कार्यक्रम व्यवस्थापन, परियोजना व्यवस्थापन तथा नेतृत्व व्यवस्थापनमा गहिरो अनुभव बटुलेका व्यक्तिहरू मिस नेपाल नर्थ अमेरिकाको आयोजक समूहमा शैलेन्द्र श्रेष्ठ तथा निराकार उप्रेती सह संस्थापक सभापति रहेका छन् ।

उप्रेती तथा श्रेष्ठले हामी निकै उत्साहित छौ भन्दै न्यु योर्कमा हुने यस कार्यक्रममा सबैलाई आई प्रतियोगीहरूलाई हौसला प्रदान गर्न आग्रह ईनेप्लिज मार्फत गरेका छन् । दुवैले अगाडी भने शृंखला खतिवडा पनि आउने भएकोले समुदाय निकै उत्साहित भएको र अगस्त १७ का दिन शृंखलासँग भेटघाट तथा स्वागत कार्यक्रम समेत राखिएकोले यो मौका नगुमाउन हुन् सबैमा अनुरोध गरेका छन् । 

प्रतिक्रिया