अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५१ | Colorodo: 15:06

काठमाडौं विश्वविद्यालयमा अनिश्चितकालीन तालाबन्दी

बिआरटीनेपाल २०७६ साउन २७ गते ९:५२ मा प्रकाशित

धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय प्राध्यापक संघले उपकुलपति, रजिष्टार र डीनका दुईवटा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको छ । विश्वविद्यालय प्रशासनसँग पटक–पटक गरिएका सम्झौताको कार्यान्वयन नभएको भन्दै संघले उपकुलपति, रजिष्टार, स्कुल अफ साइन्स र स्कुल अफ इन्जिनियरिङका डीनका कार्यालयका मूल ढोकामा तालाबन्दी गरेको हो ।

काठमाडौं विश्वविद्यालय प्राध्यापक संघका पदाधिकारीले उपकुलपति र रजिष्टार कार्यालयका प्राध्यापक तथा सम्पूर्ण कर्मचारीलाई बाहिर निक्लन आग्रह गर्दै आइतबार उपकुलपति, रजिष्टार र डीनका दुईवटा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको छ । काठमाडौं विश्वविद्यालयले पटक–पटक गरेका सम्झौता कार्यान्वयनमा सधैं छलकपटक गरेको भन्दै तालाबन्दी गर्नुपरेको संघको भनाइ छ ।

विश्वविद्यालयमा भइरहेका नीतिगत र आर्थिक भ्रष्टाचार गर्नेलाई कारबाही नगरी संरक्षण गरेको आरोप लगाउँदै संघले विश्वविद्यालयलाई लामो समयदेखि सहयोग गरिरहेका विभिन्न डोन र एजेन्सीबाट विश्वविद्यालयमा भइरहेका नीतिगत र आर्थिक भ्रष्टाचारका विषयमा स्पष्टिकरण लगायतका ४ बूँदे माग राखेको छ ।

सम्बन्धित डीनले परिषद् सदस्य छनोटका विषयमा सार्वजनिक रूपमा प्रष्ट नपारेसम्म र माथि उल्लिखित सार्वजनिक पदको दुरुपयोगका विषयमा माफी नमागेसम्म तालाबन्दी जारी राख्ने चेतावनी संघले दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू