अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५० | Colorodo: 15:05

विवादित ’मिडिया काउन्सिल विधेयक’ संसदमा अघि बढाउने सहमति

बिआरटीनेपाल २०७६ साउन २७ गते ९:४८ मा प्रकाशित

राष्ट्रिय सभामा दर्ता भएको विवादित नेपाल मिडिया काउन्सिल सम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयक संसदमा अघि बढाइने भएको छ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पहलमा सोमबार उहाँकै कार्यकक्षमा बसेको राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरुबीच यस्तो सहमति जुटेको अध्यक्ष तिमल्सिनाका प्रेस सहयोगी अशोक पौडेलले जानकारी दिनुभयो ।

अध्यक्ष तिमिल्सिनाको पहलमा भएको छलफलमा छिट्टै नै सो विधेयक सदनमा अगाडि बढाउन सबै पक्ष सहमत भएको पौडेलले जानकारी दिनुभयो । बैठकमा राष्ट्रिय सभा उपाध्यक्ष शशिकला दाहाल, सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटा, राष्ट्रिय सभा दलका नेता दिनानाथ शर्मा, विपक्षी दलका नेता सुरेन्द्र पाण्डे, सत्तापक्षका प्रमुख सचेतक खिमलाल भट्टराई, विपक्षी दलका सचेतक सरिता प्रसाईँ, समाजवादी पार्टीकी प्रमिला कुमारी, पत्रकार महासंघका प्रतिनिधि सहभागि थिए । यसअघि, यो विधेयकका विषयमा व्यापक विरोध र प्रदर्शनहरु भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू