अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१५ | Colorodo: 07:30

राष्ट्रिय परिचयपत्रको विषयमा दफावार छलफल सकियो

बिआरटीनेपाल २०७६ साउन २७ गते ९:४२ मा प्रकाशित

प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिमा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरणको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथिको दफावार छलफल सकिएको छ । समितिको आजको बैठकले उक्त विधेयमाथि सांसदले दिएका सुझावलाई समेटेर परिमार्जन गरी ल्याउन गृह मन्त्रालयका पदाधिकारीलाई निर्देशन दिएको छ ।

समितिका सभापति शशी श्रेष्ठले बैठकको अन्त्यमा विधेयक माथिको दफावार छलफल सकिएकाले विधेयकको प्रतिवेदनमाथि सांसदले राखेको सुधार, संशोधन र भाषागत शुद्धता मिलाएर ल्याउन गृह मन्त्रालयका पदाधिकारीलाई निर्देशन दिने निर्णय भएको बताउनुभयो । उक्त विधेयकमाथिको छलफलमा भाग लिदै सांसदले विदेशी प्रविधिको प्रयोगका आधारमा गरिने राष्ट्रिय परिचयपत्रका लागि प्राप्त तथ्य, तथ्यांकको व्यवस्थापनमा आउनसक्ने सुरक्षा चुनौतीको पाटोमा निकै सजग र सचेत रहन सरकारलाई सुझाव दिएको छ ।

राष्ट्रिय परिचयपत्रका लागि नागरिकले उपलब्ध गराउने व्यक्तिगत विवरणको गोपनियता कायम राख्न र चुहावट हुनबाट रोक्न अपनाउनुपर्ने विधि, प्रक्रिया र सयन्त्रबारे कानुनमै किटान गर्न उनीहरुले सुझाव दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू