अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३९ | Colorodo: 05:54

अन्तर्राष्ट्रिय युवा दिवस नेपालमा पनि मनाइँयो

बिआरटीनेपाल २०७६ साउन २७ गते ९:३९ मा प्रकाशित

शिक्षामा रुपान्तरण, उद्यमशीलता र नवप्रवर्द्धन भन्ने नाराका साथ सोमबार अन्तर्राष्ट्रिय युवा दिवस नेपालमा पनि मनाईएको छ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९९९ देखि अगस्ट १२ तारिखमा यो दिवस विश्वभर मनाउन थालिएको हो । नेपालमा भने सन् २००४ देखि मात्रै अन्तर्राष्ट्रिय युवा दिवस मनाउँदै आइएको छ ।

२०६८ सालको को राष्ट्रिय जनगणना अनुसार १६ देखि ४० वर्ष उमेर समूहलाई युवा मान्दा कुल ४० दशमलव ३५ प्रतिशत अर्थात् एक करोड सात लाख युवा छन् । अहिले युवा विकास सूचकाङ्कमा नेपाल विश्वमा ७७ औँ नम्बरमा छ । युवाका मुद्दालाई सम्बोधन गर्न नेपालमा युवा विकास तथा परिचालनका लागि राष्ट्रिय युवा नीति बनाई युवा विकासका विषयवस्तुलाई नीतिगत रूपमा समावेश गरिएको छ ।

युवाका विषयमा विश्वका सरकार तथा सरोकारवालालाई सचेत र जागरुक बनाउन यो दिवस मनाउने गरिन्छ । दिवस मनाइए पनि युवामा बेरोजगारी, अर्धदक्ष जनशक्ति, गुणस्तरीय शिक्षा जस्ता समस्या रहेका छन् । युवा बेला भनेको जोश, जाँगर सिर्जना र रचनात्मकतामार्फत समाज र देशका लागि योगदान दिन सक्ने समय पनि हो ।

तर, नेपालमा युवामैत्री ब्यवस्था बन्नै नसकेको र युवालाई देशको विकासमा उपयोग नगरिएको गुनासो पटकपटक उठ्ने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू