अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०३ | Colorodo: 05:18

प्रधानमन्त्री ओली स्वदेश फिर्ता, स्वास्थ्य स्थिति सन्तोषजनक

बिआरटीनेपाल २०७६ साउन २७ गते ९:३३ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओली सोमबार स्वेदश फर्किनुभएको छ । उहाँ सिंगापुरमा स्वास्थ्य उपचारपछि आज स्वदेश फर्कनुभएको हो । १२ वर्षअघि मृर्गौला प्रत्यारोपण गराउनुभएका प्रधानमन्त्री ओली गत श्रावण १८ गते स्वास्थ्य उपचारका लागि सिंगापुर जानुभएको थियो । स्वास्थ्य परीक्षणको सबै रिर्पोट प्राप्त भएपछि प्रधानमन्त्री ओली स्वदेश फर्कनुभएको उहाको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार उहाँको स्वास्थ्य अवस्था सन्तोषजनक रहेको रिर्पोट प्राप्त भएको छ ।

स्वदेश फर्कपछि प्रधानमन्त्री ओलीले विमानस्थलमा संचारकर्मीहरुलाई आफ्नो स्वास्थ्य ठिक रहेको बाहेक अन्य कुनै प्रतिक्रिया दिनुभएन । तर, स्वागतका लागि अन्तर्राष्ट्रिय विमानस्थल पुगेका नेता तथा मन्त्रीहरुसँग भने प्रधानमन्त्री ओली हँसिलो मुहारका साथ प्रस्तुत हुनुभएको थियो ।

प्रधानमन्त्रीलाई प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका नेताहरु बामदेव गौतम, सुवास नेम्वाङलगायतले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीका साथमा धर्मपत्नी राधिका शाक्य, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र निजी चिकित्सक दिव्या शाह पनि सिंगापुर जानुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू