अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५४ | Colorodo: 09:09

राष्ट्रिय खेलकुद प्रतियोगिता हरेक दुई वर्षमा आयोजना हुने

बिआरटीनेपाल २०७६ साउन २६ गते १०:०४ मा प्रकाशित

सरकारले हरेक दुई वर्षमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले हरेक दुई वर्षमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने घोषणा गर्नुभयो । आइतबार राष्ट्रिय खेलकुद परिषद्ले काठमाडौंमा आयोजना गरेको चालू आर्थिक वर्षको खेलकुद भौतिक पूर्वाधार तथा योजनासम्बन्धी गोष्ठीमा बोल्दै मन्त्री विश्वकर्माले सो खेलकुद प्रतियोगिता सबै प्रदेशमा चक्रीय प्रणाली अनुसार आयोजना गर्ने योजना पनि सार्वजनिक गर्नुभयो ।

सबै प्रदेशको खेलकुद क्षेत्रको भौतिक पूर्वाधार निर्माण पनि हुने भएकाले सरकारले सबै प्रदेशमा चक्रीय प्रणाली अनुसार राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको उहाको भनाई थियो । मन्त्री विश्वकर्माले अवको डेढ वर्ष भित्र गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुने गरी आवश्यक योजना तय गरिएको बताउनुभयो ।

सो अवसरमा मन्त्री विश्वकर्माले १३ औं दक्षिण एशीयाली खेलकुद प्रतियोगिताको तयारीको कामलाई तीव्रता दिन पनि मातहतका सबै निकायलाई सचेत गराउनुभयो । सरकारले खेलकुद क्षेत्रको विकासका लागि विद्यालय तहमा खेलकुद ग्रामको विकास गर्न चाहेको उहाँको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू