अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०८ | Colorodo: 12:23

मानव अधिकार र कानुनी राज्यका लागि सहकार्य– प्रधानन्यायधीश राणा

बिआरटीनेपाल २०७६ साउन २६ गते ९:५४ मा प्रकाशित

प्रधानन्यायधीश चोलेन्द्रसमशेर जबराले मानव अधिकारको संरक्षण र कानुनी राज्यको अवधारणालाई सार्थक तुल्याउन न्याय प्रणालीमा आवद्ध सबै निकाय र व्यक्तिहरुको उत्तिकै सहकार्यको आवश्यकतामा जोड दिनुभएको छ ।

जबराले नागरिक स्वतन्त्रता, मौलिक अधिकार र मानव अधिकारको संरक्षण अदालत एक्लैको प्रयासबाट सम्भव नहुने भएकाले न्याय प्रणालीमा आवद्ध व्यक्ति र निकायको आपसी सहयोग, सहकार्य र क्रियाशीलतामा जोड दिनुपरेको प्रष्ट पार्नुभयो ।

सर्वोच्च अदालत बार एसोशिएसनले आइतबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै जबराले न्याय प्रणालीको सक्षमता र प्रभावकारिता त्यसमा आवद्ध निकाय र व्यक्तिहरुको सक्षमता, अन्तरसम्बन्ध र परिपुरकतामा आधारित हुने भएकाले कानुन र न्यायका क्षेत्रमा आएका नविनत्तम मान्यताहरुको जानकारी सम्बन्धित सबै पक्षमा हुन जरुरी रहेको बताउनुभयो ।

स्वतन्त्र, निष्पक्ष एवम् सक्षम न्यायपालिका लोकतान्त्रिक राज्य व्यवस्थाको आधार स्तम्भ भएको उल्लेख गर्दै त्यसलाई सार्थक तुल्याउन न्याय सम्पादन कार्यमा संलग्न सबै क्रियाशील हुनुपर्ने जबराको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू