अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१६ | Colorodo: 03:31

ताञ्जिानियामा तेल ट्याङ्कर विस्फोट, ६४ जनाको मृत्यु

बिआरटीनेपाल २०७६ साउन २६ गते ९:४८ मा प्रकाशित

पूर्वी अफ्रिकी मुलुक ताञ्जिनियामा तेल ट्याङ्करमा विस्फोट हुँदा ६४ जनाको मृत्यु भएको छ । विष्फोटमा परी ७० भन्दा बढी मानिसहरु घाइते भएका छन् । विस्फोटका तस्बिरहरु सामाजिक सञ्जालमा पेस्ट भइरहेका छन् । ति तस्बिरहरुमा धुँवाको मुस्लो देखिन्छ भने ठूलो क्षेत्र आगोको चपेटामा परेको देखिन्छ । मानिसहरु दुर्घटनामा परेको ट्याङ्करबाट चुहिदै गरेको तेल संकलन गरिरहेका बेला अचानक विष्फोट हुँदा ठूलो संख्यामा हताहती भएको बीबीसीले जनाएको छ ।

विष्फोटमा परी गम्भीर रूपले घाइते भएका ७० जनाको दार उस सलामस्थित देशकै सबैभन्दा ठूलो अस्पतालमा उपचार भइरहेको छ । उनीहरुलाई ‘एयरलिफ्ट’ गरेर अस्पताल पुर्याईएको बताइएको छ । अन्य घाइतेहरुलाई एम्बुलेन्सको सहायतमा नजिकैका अस्पतालहरुमा लगिएको छ । विष्फोटमा परी मृत्यु भएका अधिकांशको पहिचान हुन नसकेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू