अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१८ | Colorodo: 22:33

उपचारको लागि सिंगापुरमा रहनुभएका प्रधानमन्त्री शर्मा ओली सोमवार नेपाल फर्कने

बिआरटीनेपाल २०७६ साउन २६ गते ९:४७ मा प्रकाशित

स्वास्थ्य उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली भोलि (सोमबार) दिउँसो काठमाडौं फर्कनुहुने भएको छ । यसअघि गत शुक्रवार नैं काठमाडौं आउने कार्यक्रम रहेपनि नियमित स्वास्थ्य परिक्षण नसकिएपछि उहाँको बसाई केही दिन लम्बिएको हो ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य परिक्षणको काम सकिएको र उनी भोलि दिउँसो काठमाडौं आइपुग्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन आर्यालले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीको सिंगापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गरिएको छ । उहाँ यही साउन १८ गते सिंगापुर जानुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू